अर्घाखाँचि दुर्घटना आमा सहित दुई छोराको ज्यान गयो

राष्ट्रिय समाचार
सेयर गर्नुहोस

अर्घाखाँची,कात्तिक २० ।
जिल्लाको सन्धिखर्क नगरपालिकाको नरपानीमा आज भएको कार दुर्घटनामा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको नरपानीमा बुधबार बिहान बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा एकै परिवारका तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।


दुर्घटनामा रुपन्देहीको सैनामैना नगरपालिका २ मुर्गियाकी ८० वर्षीय दुर्गादेवी खड्का, उहाँका छोरा ४३ वर्षीय भक्तबहादुर खड्का र अर्का छोरा ३९ वर्षीय तिलबहादुर खड्काको ज्यान गएको हो ।
त्यस्तै घाइते हुनेमा ४९ वर्षीय गंगाबहादुर खड्का र उहाँको जेठो दाजुका छोरा २५ वर्षीय विनोद खड्का रहेका छन । घाइतेहरुको बुटवलमा उपचार भईरहेको छ ।