कार्तिक २४ देखी २६ सम्म सत्यवती वजैको मेला लाग्ने

तिनाउ राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा
२० कार्तिक ०७६
विष्णु घिमिरे
आगामी कार्तिक २४ देखी २६ गते सम्म सत्यवती बजैको मेला लाग्ने भएको छ । यो वर्ष कार्तिके पूर्णिमा परेको कारण सत्यवती पूजा आजा गरिने भएको हो ।
कार्तिक महिनामा पूर्णिमा परेको वर्ष तिनाउ ४ कोल्डाडाको सत्यवतीमा सत्यवती मेला लाग्ने मन्दिर व्यवस्थापन समितिले तिनाउ गाउपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
सत्यवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिल बहादुर रानाले यो वर्ष जोग परेका कारण सत्यवती मेला व्यवस्थित बनाउन लागिएको बताउनुभयो । पत्रकार सम्मेलनमा तिनाउ गाउपालिका पाल्पाका अध्यक्ष ओम बहादुर घर्तीले धार्मिक तथा पर्यटकिय स्थल क्षेत्र सत्यवतीको विकास र प्रचार प्रसारमा गाउपालिका लागि परेको बताउनुभयो ।
यो वर्ष ३ लाख श्रदाजु भक्तजनहरुले सत्यवती वजैको दर्शन गर्ने तिनाउ २ का वडा अध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो । सत्यवती वजैले कानले नसुन्ने भएका कारण चिच्याएर बर माग्ने गरिन्छ । यसरी चिच्याई चिच्याई बर माग्ने नेपालकै एक मात्र धार्मिक स्थल सत्यवती मन्दिर मानिन्छ ।
भक्तजनहरुको घुइचोलाई व्यवस्थापन गर्न मन्दिरमा सवारी साधन प्रवेशमा रोक लगाईएको सचिव लाल बहादुर दर्लामीले बताउनुभयो ।

४ रोपनी क्षेत्रफलमा फैलिएको सत्यवती ताल सिमसार क्षेत्रमा पर्ने दुर्लब ताल हो । सत्यवती मन्दिर एवम् ताललाई ३ पटक घुमेर चिच्याएर बर माग्ने चलन छ । ताल घुमिसकेपछी तालको छेवैमा लिङगो गाड्ने चलन छ । मन्दिरमा पुजा गर्ने, परेवा उडाउने, बोका, हाँस, राँगा लगायतका पशुहरुको वली दिने चलन रहि आएको छ । सत्यवती मन्दिरमा चिच्याएर बर माग्दा मनोकाङक्षा पुरा हुने धार्मिक विश्वास रहि आएको छ । झुम्साको पानीमिलबाट करिव ६ किलोमिटर तथा चौविसमाइलबाट हिडेर सत्यवती मन्दिर पुग्न सकिन्छ ।