नगरस्तरीय भलिबल प्रतियोगिता सम्पन्न, तानसेन १३ प्रथम

तानसेन राष्ट्रिय समाचार

पाल्पा
१८ कार्तिक ०७६
तानसेन युवा परिषद्द्वारा तानसेनमा आयोजित वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि तानसेन १३ बौघागुम्हा जितेको छ । उपाधि जितेसँगै उसले ७० हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । वडा नं। १४ लाइ हराउँदै १३ नं। वडाले उपाधि जितेको हो । परिषद्को आयोजनामा आइतबार र सोमबार खेल संचालन भएका थिए ।

खेल समापन तथा पुरस्कार समारोहका प्रमुख अतिथि एवं तानसेन नगरपालिकाका प्रवक्ता दामोदरप्रसाद घिमिरेले युवालाइ खेलप्रति जागरूक बनाइ स्वस्थ् र अनुशासित नागरिक उत्पादन गर्ने नगरपालिकाको सोच रहेको बताउनुभयो ।

तानसेन नगर युवा परिषदका अध्यक्ष गुरास आत्रेयले युवा क्षेत्रको पहिचानका लागि प्रतियोगिता गरेको बताउनुभयो । उहाँले खेल क्षेत्रले राष्ट्रलाइ नै चिनाउने भएकाले पाल्पालाइ चिनाउन नगरपालिकाले विभिन्न खेलको आयोजना गरेको बताउनुभयो । प्रतियोगिताबाट १० जना खेलाडी समेत छनौट गरिएको र नगरस्तरीय समूह बनाइएको छ । तानसेन नगरपालिका युवा परिषदले आयोजना गरेको नकआउट सिस्टम भलिबल प्रतियोगितामा सहभागी ९ टिम सहभागी भएका थिए ।

प्रतियोगिताको विजेताले ७० हजार रुपैया नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले ४० हजार रुपैया नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको छ । यस्तै प्रत्येक खेलका म्यान अफ दि म्याचलाई हुनेलाई १ र १ हजार रूपियाँ प्रदान गरिएको थियो । कार्यक्रम परिषद्का महासचिव धनेन्द्रराज घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।