पाल्पालीको थप गौरब बढ्यो,मेडिकल काउन्सिलको अध्यक्षमा कोइराला

तानसेन राष्ट्रिय वगनासकाली समाचार
सेयर गर्नुहोस

पाल्पा,कात्तिक १७ ।
सुनिल कार्की ।
आम पाल्पालीको लागि गौरब गर्ने थप आयाम थपिएको छ । आजको मन्त्रिपरिषद् बैठकले पाल्पाका डाक्टर भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको झन्डै डेढ घन्टा लामो मन्त्रिपरिषद् बैठकले पाल्पा जिल्लाको साविक दर्लमडाँडा गाविस वडा नं ८ र हालको बगनासकालि गाउँपालिका वडा नं ५ का कोईरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ ।

मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक हुनुन्थ्यो । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले कोइरालाको नाम त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस गरेको थियो ।
कोईरालाले आधारभुत तहको पढाई दर्लमडाँडा र तानसेनको पद्यम पब्लीक मध्यमिक विद्यालायबाट एसएलसी उत्तिर्ण गरेका थिए ।