बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुग्याे

राष्ट्रिय समाचार

पाल्पा,कात्तिक १७ ।

सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या दश पुगेको छ । मुडेबाट काठमाडौं जाँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सडकबाट सय मिटर तल सुनकोशी नदीमा खसेको थियो ।

दशजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दा उद्वारमा जुटिरहेको प्रहरीले जनाएको छ । बस नदीमा खसेकाले केही शव बगाएको हुनसक्ने स्थानीयको भनाइ छ ।

‘सुनकोशीमा डुबेको बस बाहिर निकालिएको छ’, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले भन्नुभयाे, ‘दुर्घटना अत्यन्तै गम्भीर भएकाले मानवीय क्षति बढ्न सक्ने सम्भावना छ ।’