तानसेन युवा परिषदको आयोजनमा पाल्पामा भलिबल प्रतियोगिता सुरु

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,कात्तिक १७ ।
सुनिल कार्की ।
कुनै समय राष्ट्रिय भलिबल टिममा पाल्पाबाट प्रतिनिधित्व गरेका खेलाडी पछिल्लो समय खेलाडी पलायन हुन थालेका छन ।
स्थानिय स्तरमै खेलाडी उत्पादन गरि युवा पलायनलाई रोक्न पाल्पामा पहिलो पटक खेलाडी उत्पादन अभियान सुरु गरिएको छ ।

जिल्लाको तानसेन नगरपालिकाद्धारा गठित तानसेन युवा परिषदको आयोेजनमा नगरपालिका स्तरिय भलिवल प्रतियोगिता आयोजन गरिएको तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले बताउनुभयो । युवाहरुमा देखिएको विखण्डन र अराजकताको मानसिकतालाई रोकी खेलमा युवाको आकर्षण बढाउन प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा नगरपालिकाले लिएको मेयर शाहीले दावि गर्नुभयो ।


गाउँका वडा वडामा प्रतियोगिताहरु आयोजना भए पनि खेलाडीको पहिचान हुन नसकेकोले खेलाडीको प्रर्वद्धन र विकास गर्न प्रतियोगिता फलदायि हुने नगरयुवा परिषदका अध्यक्ष गुरास आत्रेयले बताउनुभयो । नगरपालिकाका १४ वटै वडाका समुहहरु बिच जारी प्रतियोगिताबाट खेलाडीको छनौट गरि नगरपालिका स्तरिय समुह निर्माण गरी अध्यक्ष आत्रेले बताउनुभयो ।
प्रतियोगितामा प्रथम समुहलाई ७० हजार रुपैया र दोस्रो हुने समुहलाई ४० हजार रुपैया पुरस्कार राखिएको छ । कार्यक्रमको उद्घाटन खेल तानसेन ९ मदनपोखरा र तानसेन १० तेल्घा बिच भएको थियो ।