आमा, माटो र तीर्थ कविता संग्रह प्रकाशित

तानसेन

कृष्ण पोखरेल
पाल्पा १६ कार्तिक ०७६
पण्डित ज्योतिष होमनाथ न्यौपानेको पहिलो कृति आमा, माटो र तीर्थ कविता संग्रह प्रकाशित भएको छ । कविता संग्रहको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले एक कार्यक्रमका विच विमोचन गर्नुभयो । ७३ बर्षिय कृतिकार न्यौपाने सम सामायिक विषय बस्तुमा कलम चलाउदै आएपनी कविता संग्रहको रुपमा भने पहिलो कृति प्रकाशित गर्नुभएको हो । ७३ बर्षे उमेरमा साहित्य क्षेत्रमा अग्रसर हुनु राम्रो काम भएको बताउदै प्रमुख अतिथी पन्तले आगामी दिनमा अन्य कृतिहरु प्रकाशित गर्न आग्रह गर्नुभयो ।
माटो, आमा र तीर्थ कविता समसामायिक, देशभक्तीले भरिपूर्ण रहेको, जसले आमा र माटोको सम्मान गर्न सक्छ त्यो व्यक्तिको जिवन सार्थक हुने कवितामा जोड दिएको छ । आमा र माटो लाई चिन्न नसक्दा मानिसको जिवन सफल नभएको, देशविकास नभएको विषयमा कृतिकार न्यौपानेले जोड दिनुभएको छ । कविता संग्रहको प्रकाशनमा साहित्कार एवं धवल पुस्तकालयका सचिव टंक पन्थको विशेष योगदान रहेको कृतिकार न्यौपानेले बताउनुभयो ।
कवितामा नेपालमा महत्वपुर्ण तीर्थस्थलहरु छन तर प्रचार प्रसारको कमीको कारण, नेपालका तीर्थहरुको महत्व जनमासमा पुर्याउन नसक्दा प्रतेक बर्ष करोडौ रुपैया धर्मकर्म तीर्थको नाममा विदेशीएकोमा कृतिकारले कविता संग्रहमा उल्लेख गर्नुभएको छ । चारधाम यही नेपालमै छन चारधामको तीर्थ गर्न अन्य विदेशी मुलुकमा जानु पर्दैन, नेपालका तीर्थहरु लाई नै महत्व दिनु पर्छ, प्रचार प्रसार गर्नुपर्छ भनी कवि न्यौपाने जोड दिएका छन । न्यौपानेको आमा, माटो र तीर्थ कविता संग्रहमा विभिन्न विषयमा ६४ वटा कविता रहेका छन ।
धवल पुस्तकालय तानसेन पाल्पा द्धारा प्रकाशित आमा माटो र तीर्थ कविता संग्रहमा बरिष्ट साहित्यकार तथा पण्डित नीलकण्ठ न्यौपाने लेखकको बारेमा दृष्टिकोण प्रस्तुत गर्नुभएको छ । कविता संग्रहको तरङ्ग साहित्य संगमका राम प्रसाद अर्यालले टिप्पणी गर्नुभएको थियो । कविता संग्रह विमोचन कार्यक्रममा बरिष्ट साहित्यकार नीलकण्ठ न्यौपाने, संविधानसभा सदस्य नारायणी शर्मा, बरिष्ट पत्रकार मेघराज शर्मा, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करराज रेग्मी, मेघराज न्यौपाने लगायतले कृतिकार लाई सफलताको शुभकामना दिनुभएको थियो । धवलपुस्तकालयका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कोषाध्यष सन्तोष खनाल संचालन महासचिव राजेश कुमार अर्यालले गर्नुभएको थियो ।