बगनासकाली गाउँपालिका लाई नेपालकै पहिलो फुस रहित गाउँपालिका घोषणा गर्ने

राष्ट्रिय वगनासकाली समाचार

कृष्ण पोखरेल
पाल्पा  १६ कार्तिक ०७६

बगनासकाली गाउँपालिकाले आगामी पौष महिना भित्र फुसरहित छाना भएको गाउँपालिका घोषणा गर्ने भएको छ । गाउँपालिकाका ९ वटै वडाका खरको छाना भएका पघरपरिवार लाई निशुल्क रुपमा ३ बण्डलका दरले २४ वटा कर्कट पाता वितरण गरेको छ ।
जनप्रतिनिधी निर्वाचित भएपछी नै गाउँपालिकाले खरको छाना हटाई कर्कट पाता सहयोग गर्ने निर्यण गरेको थियो । आर्थिक बर्ष २०७४ बाट शुरु भएको खरको छाना हटाउने कार्यक्रम चालु आर्थिक बर्ष २०७६ पुशमा सकिने छ । पहिलो बर्ष ५५ जना घरपरिवारमा, दोस्रो बर्ष ८३ घरपरिवारमा खरको छाना हटाएर कर्कट पाता लगाईएको छ भने चालु आर्थिक बर्षमा १ सय ९ घरपरिवारमा खरको छाना हटाई कर्कट पाता लगाएपछी नेपालकै पहिलो खरको रहित गाउँपालिका घोषणा गरिने गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनुभयो । गाउँपालिकाले कर्कट पाता सहयोग गरेका गरिव घरपरिवारको लागी जनप्रतिनिधी तथा स्थानीयवासीको सहयोगमा कर्कट पाता लगाईदिने अध्यक्ष बस्यालले बताउनुभयो ।

१ सय ९ घरपरिवारको लागी ३ बण्डलका दरले कर्कट पाता गाउँपालिकाको कार्यालयमा आईसकेको छ । अवको २ महिना भित्र वडा नंं २ पोखराथोकमा १३ घरपरिवार, वडा नंं ६ यम्घामा ७४ घरपरिवार, वडा नंं ७ खानीगाउँमा १९ घरपरिवारले खरको छाना हटाएर कर्कट पाता लगाउने छन । २ महिना भित्र गाउँपालिका लाई फुसरहित छाना भएको गाउँपालिका घोषणा गरिने तयारीका काम भईरहेको प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताउनुभयो । सबै वडाका फुस रहित छाना भएपछि एकपटक पुन अनुगमन गरी नेपालकै पहिलो फुसरहित गाउँपालिकाको घोषणाको तयारी भईरहेको प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले बताउनुभयो ।

गाउँपालिकाले वितरण कर्कटपाता बुझ्दै वडा नंं २ का हेम बहादुर नेपालीले म जस्ता गरिव घरपरिवारको लागी ठुलो राहत मिलेको बताउनुभयो । प्रत्येक बर्ष खरको छाना छाउदा महङ्गो पर्ने, बर्षायाममा चुहिने, गर्मीयाममा आगलागीको डर हुने भएकोले गाउँपालिकाले कर्कट पाता सहयोग गरेकोले २ महिना भित्रै घरमा कर्कट पाता लगाउने मिनसरा दर्लामीले बताउनुभयो ।

प्रत्येक बर्ष खरको छानो छाउदा आर्थिक रुपमा महङ्गो पर्ने, बर्षायाममा पानी चुहिने, गर्मी याममा आगलागीको डर जस्ता खतरा बाट जनता लाई मुक्ति दिलाउन गाउँपालिकाले फुस रहित घरको छाना अभियान थालेको हो । यो अभियान बाट जनताहरु आर्थिक रुपमा माथि उठ्ने र प्रत्येक बर्ष घर छाउदा लाग्ने खर बचत भई पशुपालनमा बृद्धि हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आगामी मंसिर महिना भित्रै शुन्य होमडेलिभरी भएको गाउँपालिका घोषणा गर्ने तयारी गरेको जनाएको छ ।