यसकारण आइतबार पनि सार्वजनिक विदा

राष्ट्रिय समाचार
सेयर गर्नुहोस

काठमाडौं ।

मिथिलम क्षेत्रमा विशेष महत्वका साथ मनाइने छठ पर्वको अवसरमा सरकारले विदा दिने भएको छ ।

कात्तिक १७ गते आइतबार सार्वजनिक विदा दिएको हो ।प्रदेश २ ले छठ पर्वको अवसरमा उक्त दिन विदा दिइएको हो । पछिल्लो हप्ता तिहारको लगातार चार दिन विदा रहेको प्रदेशमा आइतबार छठ पर्वको अवसर पारेरविदा दिइएको हो । यस पटकको छठ पर्व शनिबार र आइतबार परेको छ ।

शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ । यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै विदा दिँदै आएको थियो ।