प्रहरीद्धारा साहारा नमुना प्राविका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

माथागढी राष्ट्रिय समाचार

पाल्पा,कात्तिक ८ ।
सुनिल कार्की ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले माथागढि गाँउपालीका ३ एक्लेबरको श्री साहारा नमुना प्राविका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।
समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप सामुदायिक विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु हस्तान्त्रण गरिएको हो ।
विद्यालयमा अध्यनरत कक्षा १,२,३,४ र ५ का विद्यार्थीहरु गरी जम्मा ३१ जान विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु कापि,कटर, इरेजर र पेन्सिल सहयोग गरिएको छ ।


कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पाल्पाका प्र्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले शैक्षिक सामाग्री प्रदान गर्नुभएको थियो । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका सदस्य दिनेश गन्र्धव लगायतको सहभागीता रहेको थियो । विपन्न तथा जेहेन्दार विद्यार्थीरुलाई पठन पाठनमा आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु वितरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पाल्पा र सामुदायिक सेवा केन्द्र पाल्पाको सयुक्त आयोजनामा शैक्षिक समाग्री बैंक स्थापना गरिएको छ ।


कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक,शिक्षक,शिक्षिका,विद्यालय ब्यावस्थापन समितिका पदाधिकारी,अभिभावक,विद्यार्थी,सामुदायिक सेवा केन्द्रका पदाधिकारि,शैक्षिक सामाग्री सहयोगी गर्ने दाताहरुको सहभागीता रहेको थियो । यस विद्यालयको लागि तानसेन नगरपालीकाका माधब पाण्डे,मग्दुल मिया र डेक बहादुर लुहागुले शैक्षिक सामाग्रीहरु सहयोग गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन प्रहरी साहायक निरिक्षक विनोदराज खत्रीले गर्नुभएको थियो ।