स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराई कास्की– २ मा सर्वसम्मत

पाल्पा विविध राष्ट्रिय समाचार

पोखरा,कात्तिक ८ ।
पाल्पापाटी डेस्क ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की– २ मा हुने उपचुनावका लागि विद्या भट्टराईको नाम सिफारिश गरेको छ । शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले नेतृ विद्या भट्टराईलाई एकल उम्मेदवारको रूपमा सिफारिश गर्ने निर्णय गरेको छ ।

सर्वसम्मत रूपमा विद्या भट्टराईलाई नै उम्मेदवार बनाउने सिफारिश गरिएको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

भट्टराई स्व. रवीन्द्र अधि कारीकी धर्मपत्नीसमेत हुन् । कास्की– २ मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ । कास्की– २ प्रतिनिधिसभाको उपनिर्वाचनका लागि चुनाव हुने १ मात्र क्षेत्र हो ।

यस क्षेत्रका लागि नेपाली कांग्रेसले नेता देवराज चालिसेसहित १६ जनाको नाम सिफारिश गरेको छ । साझा पार्टीले भने रजनी केसीलाई उम्मेदवार घोषणा गरेको छ ।