प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्ने विप्लवका चार कार्यक्रता गिरफतार

राष्ट्रिय

८ कात्तिक, काठमाडौं ।
पाल्पापाटी डेस्क ।
प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्ने विप्लव समूहका ४ जनालाई पक्राउ परेका छन । बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने तयारीमा रहेका ४ जनालाई ललितपुरबाट पक्राउ गरिएको हो ।


पक्राउ पर्नेमा पाँचथर घर भई ललितपुर धापाखेल बस्ने निकुम्ज सेवा, काभ्रे घर भई ललितपुर महानगरपालिका २८ बस्ने जीतबहादुर खपांगी, भक्तपुर ब्यासी घर भई धापाखेल बस्ने विजेशप्रसाद ढकाल र भोजपुर घर भई काठमाडौं काँडाघारी बस्ने पेम्बा जम्बु शेर्पा रहेका छन

‘उनीहरुको घोषित कार्यक्रम प्रधानमन्त्रीको पुत्ला जलाउने थियो’ ललितपुरका डीएसपी सन्तोष तामाङले भने ।

प्रहरीले उनीहरुमाथि सार्वजनिक शान्तिमा खलल पु¥याएको कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद लिएको छ ।