तिनाउमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सकियो

तिनाउ राष्ट्रिय समाचार

पाल्पा,कात्तिक ८ ।
जिल्लाको तिनाउ गाउँपालिकाको आयोजनामा मैत्रीपूर्ण फूटवल प्रतियोगिता सम्पन्न भएको छ ।

यही कात्तिक ५ देखी ८ गते सम्म संचालित फूटबल प्रतियोगितमा तिनाउ २ दोभानको वि समूहले उपाधी जितेको छ । फाईनल खेल दोभान २ को ए र वि बिच भएको थियो ।प्रतियोगितको विजेता समुहले नगद रु १० हजार, बोका र उपविजेताले नगद रु ८ हजार बोका र तृतीयलाई हुने लाई नगद रु ५ हजार र कुखुराको भाले पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले खेलले शारिरिक तथा मानसिक स्वास्थ्यमा तन्दुरुस्ती बनाउने मात्रै नभई मित्रता र हार्दिकताका लागि समेत अपरिहार्य भएको बताउनुभयो ।
फूटवल खेलमा तिनाउ गाउपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा पत्रकारहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा ५ नं प्रदेशका सांसद तुलाराम घर्र्ती, गाउँपालिका उपाध्यक्ष दमयन्ती थापा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता तिनाउ २ दोभानका वडा अध्यक्ष राजेश श्रेष्ठले गर्नुभएको थियो ।