तिनाउ सरकारले सुरु ग¥यो जनतासँग जनप्रतिनिधि कार्यक्रम

तिनाउ राष्ट्रिय समाचार

पाल्पा,कात्तिक ८ ।
चोप सिलवाल ।
पाल्पाको तिनाउ गाउँपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरेको छ । निर्वाचनको समयमा मात्र निकट हुने जनताको गुनासोलाई सम्बोधन गर्न कार्यक्रम सञ्चालन गरिएको हो ।

जतनाको समस्या,चासो,गुनासोलाई समधान गरि जनताको अपेक्षालाई पुरा गर्न जतनासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनुभयो । जनतासँग योजना छनौटको समयमा मात्र वर्षमा एकपटक पुग्दा माग सम्बोधन हुन नसकेकोले यस्तो खाले कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।


जनतासँग जनप्रतिनिधि कार्यक्रम तिनाउ २ दोभानका अपाङगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण र सम्मान कार्यक्रमबाट सुरु गरिएको छ । कार्यक्रममा वडामा कृषि पेसामा संग्लगन किसनालाई कृषि सामाग्री हस्तान्त्रण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ५ का सांसद तुलाराम घर्ती बसन्तले जनतासँग जनप्रतिनिधि कार्यक्रमले प्रतिनिधि र जनताबिच सुमधुर सम्बन्ध कायम गरि विकास निर्माणमा टेवा पुग्ने बताउनुभयो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगर, उपाध्यक्ष दमयन्ती थापा, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरु, प्रवक्ता राजेश श्रेष्ठ लगायतले यस्तो खाले कार्यक्रमले जनताको आवश्यकता र माग बुझ्न सहज हुने भएकोले विकासले फड्को मार्ने बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता तिनाउ २ दोभानका वडा अध्यक्ष राजेश श्रेष्ठले गर्नुभएको थियो ।