घरेलु मदिरा नष्ट गर्न पाल्पा प्रहरीको सर्च अपरेशन

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा, कात्तिक ८ ।
पाल्पापाटी डेस्क ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले अबैध घरेलु मदिरा नष्ट गरेको छ ।  नजिकिदो तिहारमा हुन सक्ने घटना न्यूनिकरण गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले शहर देखि गाउँसम्म अवैध घरेलु मदिरा नष्ट गर्ने अभियान नै सुरु गरेको छ ।
अभियान स्वरुप तानसेन–५, नारायणडाँडाकी तुल्सी सोमैको घरमा अबैध रुपमा बनाएको घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको हो । अबैध मदिरा बनाएको सूचनाका आधारमा प्रहरी निरीक्षक देवराज पौडेको नेतृत्वमा प्रहरी घरमै पुगेर १५ लिटर रक्सी र रक्सी बनाउने कच्चा पदार्थ नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बताउनुभयो ।
प्रहरीले चाडपर्वमा हुन सक्ने संभावित घटनालाई मध्य नजर गरि घरेलु मदिरा नष्ट गर्ने अभियानलाई तिव्रता दिएको छ ।