सामुदायिक विद्यालयको गुणस्तरलाई वृद्धि गर्छु ःअध्यक्ष घर्तीमगर

तिनाउ पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,कात्तिक ७ ।
सुनिल कार्की ।
तिनाउ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले गाउँपालिका भित्रका सामुदायिक विद्यालयको शिक्षको गुणस्तर वृद्धि गर्ने बताउनु भएको छ ।
तिनाउ गाउँपालिका वडा नं ४ सत्यवतीमा रहेको पृथ्वी प्रकाश माविको शिक्षक अभिभावकहरुको भेलामा अध्यक्ष घर्तीमगरले सामुदायिक विद्यालयमा खस्कदो शिक्षाको गुणस्तरलाई बढवा दिन गाउँपालिकाले शिक्षा सम्बन्धी निति तथा कार्यक्रम तयार पारेको भन्दै यसको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिक्षाको गुणस्तर गाउँपालिकाको प्रयासबाट मात्र वृद्धि गर्न नसकिने भन्दै अध्यक्ष घर्तीमगरले सरकारले लगानी गरे अनुसार शिक्षक र अभिभावकको समन्वय आवश्यक रहेको बताउनुभयो ।


तिनाउ गाउँपालिका शिक्षा शाखाको शिक्षा अधिकृत लक्ष्मी कुवारको अध्यक्षतामा भएको भेलामा गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरको प्रमुख आथिथ्यता रहेको थियो ।
भेलामा गाउँपालिका उपाध्यक्ष दमयन्ती थापा,वडा नं ३ का अध्यक्ष प्रेम पाण्डे,वडा नं ४ का अध्यक्ष दान बहादुर गाहा,तिलोत्तमा माविका प्रअ झविन्द्र ज्ञवाली,रोजगार शाखा अधिकृत कृष्ण ज्ञवाली,स्थानिय लाल बहादुर दर्लामी,प्रअ भिमी सरा सुनारीले शुभकामना दिनुभएको थियो ।


भेलाले तुल बहादुर आलेको अध्यक्षतामा विद्यालय ब्यवस्थापन समिति पुर्नगठन गरेको छ । जसको सदस्यहरुमा चेत बहादुर दर्लामी,धनीसरा राना,नन्दीसरा दर्लामी,फोन बहादुर गाहा,तुल्सा रेश्मी,वडा प्रतिनिधि दान बहादुर गाहा,शिक्षक प्रतिनिधि प्रेम बहादुर थापा,सदस्य सचिव प्रअ भिमीसरा सुनारी चयन हुनुभएको छ ।
कार्यक्रम शिक्षक कृष्णराज रेग्मीको सञ्चालन र निवर्तमान अध्यक्ष लाल बहादुर दर्लामीको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो ।