पाल्पाको अर्गलीमा प्रहरी चौकीको नयाँ भवन बन्यो

तानसेन पाल्पा विविध समाचार

पाल्पा,कात्तिक ७ ।
सुनिल कार्की ।
पाल्पाको तानसेन नगरपालिका १४ अर्गलीमा एक कार्यक्रमका बीच प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ । १ करोड १५ लाख २४ हजार लागतमा निर्माण गरिएको भवनको एक कार्यक्रमका बीचमा उद्घाटन गरिएको हो ।
प्रदेश नं ५ का प्रहरी प्रमुख सुरेश बिक्रम शाहले रिबन काटेर भबनको उद्घाटन गर्नुभएको छ । २०६९ सालबाट अस्थायी प्रहरी चौकीको रुपमा रहेको यो चौकी २०७० सालमा प्रहरी चौकीको रुपमा स्थापित भएको थियो ।


उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शाहले प्रहरी समुदायको सुख दुखको साथीको रुपमा स्थापित भएको बताउनुभयो । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी रमा श्रेष्ठ, प्रहरी प्रमुख दिपेन्द्र जिसी, जिल्ला समन्वय समितिका समन्वय अधिकारी लेखनाथ ज्ञवाली , अनुसन्धानका प्रमुख सन्तोष बस्नेत, सशस्त्र प्रहरी प्रमुख रबि केसी, वडाध्यक्ष कमल राना, समाज सेवी दुर्गादत रेग्मी, त्रिभुवन माविका प्रधानाध्यापक नारायण प्रसाद नेपाल, इलाका प्रहरी कार्यालय रिडिका प्रहरी नायव निरीक्षक सालिकराम थापा जनप्रतिनिधि महिला समूह पत्रकार, क्लब तथा अर्गली बासीको सहभागिता रहेको थियो ।

प्रहरी सहायक निरक्षक देबराज पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रको सन्चालन प्रहरी सहायक निरक्ष गणेश बिकले गर्नुभएको थियो ।