‘हामी यस्तै त हो नि ब्रो’ का गायक पक्राउ

पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,कात्तिक ७ ।
पाल्पापाटी डेस्क ।

‘हामी यस्तै त हो नि ब्रो’ नामक गीतका गायक पक्राउ परेका छन् । असइको बर्दी लगाएर हातमा गाँजा लिएको फोटो फेसबुकमा राखेका भिटेन भनिने समिर घिसिङ जाउलाखेलबाट पक्राउ परेका हुन् ।

नेपाल प्रहरी अपराध महाशाखाको टोलीले घिसिङलाई पक्राउ गरेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । घिसिङविरूद्ध सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी प्रहरीको छ ।

हामी यस्तै त हो नि ब्रो नामक गीतमा प्रहरीको मानमर्दन गर्ने तथा अश्लील शब्दहरू प्रयोग भएको प्रहरीको भनाइ छ ।