१३ गते सार्वजनिक बिदा हुने

पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,कात्तिक ७ ।
पाल्पापाटी डेस्क ।
सरकारले नेवार समुदायको भाइटीका (किजा पूजा) को लागि कात्तिक १३ गते सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयले बिहीबार भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

ञ्चांग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेको थियो । संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नम्बर ३ का सांसद डा अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले केही दिनअघि प्रधानमन्त्री केपी ओलीलाई उक्त दिन पनि बिदा दिन आग्रह गरेका थिए ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको थियो।