रामपुरामा हिँउदे पहिरो,२३ रोपनीमा लगाईएको धानबाली नष्ट

पाल्पा विविध रामपुर राष्ट्रिय समाचार

पाल्पा, कात्तिक ६ ।
पाल्पापाटी डेस्क ।
पाल्पाको रामपुर नगरपालिका ४ मुरलीडाँडामा हिँउदे पहिरो गएको छ । यस क्षेत्रको तल्लो भागमा झुल्दै गरेको धानमा पहिरोले ठुलो क्षति पुगेको स्थानियले बताएका छन ।


पाकेर पहेलपुर भएर लहलह झुलेका धान सहितको करिब २३ रोपनी धन खेतिमा पहिरोले क्षति र्पुयाएको हो । पहिरोले तलोभागमा रहेको २२ रोपनी फड्यारखेत मध्ये रामपुर ४ का सूर्य बहादुर जिसीको ३ रोपनी, मन कुमारी शाहीको ३ रोपनी १३ आना, नर बहादुर सार्कीको ३ रोपनी १३ आना, मन बहादुर रुचालको ४ रोपनी धान सहितको खेत पुरेको वडा अध्यक्ष एक बहादुर नेपालीले जानकारी दिनुभयो । खेत भन्दा मुनी पानी रसाई रहने भएकोले पहिरो गए हुन सक्ने वडा अध्यक्ष नेपालीले बताउनुभयो ।


वर्षायाममा नगएको पहिरो हिउँदमा आएर जाँदा रामपुर मुरलीडाँड ताल्लो भेगका किसान चिन्नतीत बनेका छन । साहुको ऋर्ण काडेर लगाएको धानबाली पहिरोले बगाएपछि किसान मर्कामा परेका छन ।