कुटपिटको आरोपमा पाल्पामा जनप्रतिनिधि पक्राउ

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,कात्तिक ।
पाल्पापाटी डेस्क ।
मजदुरलाई कुटेको आरोपमा तिनाउ गाउँपालिका ६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट पक्राउ परेका छन । स्थानीय छिमेकी ५१ वर्षिया मनवीर नेपालीलाई कुटपिट गरेको आरोपमा विष्ट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


घटना ४ दिन अघिको भए पनि पिडितले किटानी जाहेरी दिन नाआउदा आरोपीतलाई पक्राउन गर्न ढिलाई भएको प्रहरीले स्वीकारले छ ।
वडा सदस्य रहेका विष्टले घरमा काम गरेको ज्याला लिन जाँदा तथानाम गालीगलोच गर्नुका साथै कुटपिट गरेको पिडित नेपालीले बताएका छन । पिडितको आरोपको आधारमा जाहेरी लिई आरोपीतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बताउनुभयो । जिल्ला अदालत बाट आरोपीत विष्टमाथि ८ दिनको म्याद थप गरि घटना बारे थप अनुशन्धन भईरहेको प्रहरी उपरिक्षक जिसीले जानकारी दिनुभयो ।
विष्ट माथि जातीय छुवाछुत तथा विभेदविरुद्धको मुद्दा दर्ता गरिएको ।