एक वर्ष भित्र तिनाउ गाउपालिका पूर्ण सरसफाई उन्मुख हुने

तिनाउ राष्ट्रिय समाचार

विष्णु घिमिरे
पाल्पा
६ कार्तिक २०७६
तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले १ वर्ष भित्र तिनाउलाई पूर्ण सरसफाई उन्मुख गाउँपालिका बनाउने बताउनुभएको छ ।


तिनाउ ६ मस्यामको खानेपानी सरसफाई तथा स्वच्छवता समन्वय समितिको कार्यक्रममा वोल्दै अध्यक्ष घर्तीले सरसफाई मानिसको अपरिहार्य कुरा भएकोले सबैले सरसफाईमा ध्यान दिन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा सुआहारा कार्यक्रमका सरसफाई अधिकृत जग बहादुर घर्ती मगरले पूर्ण सरसफाई घोषणा गर्न आवश्यक सूचकहरुको वारेमा बताउनुभयो । कार्यक्रममा नेकपाका प्रतिनिधि खडक गोदार, स्थानीय बुद्धिजीवी दम बहादुर कार्की, थमन कार्की लगायतले मन्तव्य राख्नुभएको थियो ।


कार्यपालिका सदस्य मिना लम्तरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन वडा सचिव खेम सारुले गर्नुभएको थियो त्यस्तै कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष टोम बहादुर पुनले गर्नुभएको थियो ।
भेलाले टोम बहादुर पूनको अध्यक्षतामा २३ सदस्यिय वडा स्तरीय खानेपानी सरसफाई तथा स्वच्छवता समन्वय समिति गठन गरेको छ । जसमा वडाका जनप्रतिनिधिहरु, टोल विकास संस्थाका अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु, तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु, पार्टी प्रतिनिधिहरु, विभिन्न संघ सस्थाका प्रमुखहरु लाई समितिमा चयन गरिएको छ । यसै विच समग्र तिनाउगाउपालिका पाल्पालाई नै पूर्ण सरसफाई उन्मुख गाउँपालिका घोषणा गर्न विभिन्न तयारीहरु गरिदै आएको छ ।
विगत केही वर्ष यता देखी सामाजिक श्रोत विकास केन्द्र नेपालको अगुवाईमा तत्कालिन केही वडाहरु पूर्ण सरसफाई उन्मुख घोषणा भईसकेका छन् ।