तिनाउ गाउँपालिका १ वर्षमा पुर्ण सरसफाई उन्मुख गाउँपालिका घोषणा हुने

तिनाउ पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,कात्तिक ६ ।
सुनिल कार्की ।
जिल्लाको तिनाउ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले आगामी १ वर्ष भित्र तिनाउ गाउँपालिकालाई पुर्ण सरसफाई उन्मुख गाउँपालिका घोषण गर्ने बताउनुभएको छ ।


तिनाउ गाउँपालिका वडा नं ६ मस्याममा खानेपानी सरसफई तथा स्वच्छता वडा समन्वय समिति गठन कार्यक्रममा अध्यक्ष घर्ती मगरले गाउँपालिकाका सबै वडालाई पुर्ण सरसफाई युक्त वडा घोषणा गरि पालिकालाई पनि घोषणा गर्ने तयारीमा गाउँपालिका रहेको बताउनुभयो । गाउँपालिका जनता स्वच्छ,स्वस्थ नभए सम्म पालिकाले आर्थिक समृद्धि हासिल गर्न नसक्ने भन्दै अब लक्ष्य पुर्ण सरसफाई युक्त पालिका बनाउने रहेको बताउनुभयो ।


वडा नं ६ का वडा अध्यक्ष टोम बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष घर्ती मगर रहनुभएको थियो । कार्यक्रममा सुआहारा कार्यक्रमका सरसफाई अधिकृृत जग बहादुर घर्ती मगरले पुर्ण सरसफाई युक्त पालिका घोषणा गर्न आवश्यक सुचकहरुको बारेमा जानकारी दिनुभएको थियो ।


कार्यक्रममा नेकपाका प्रतिनिधि खडक गोदार,स्थानिय बुद्धिजिवि दम बहादुर कार्की,थमन कार्की,लगायतले पुर्ण सरसफई युक्त गाउँपालिका छिटै घोषण गरि कार्यान्वयनमा लैजान आग्रह गर्नुभएको थियो । कार्यक्रममा टोम बहादुर पुनको अध्यक्षतामा २३ सदस्यी वडा स्तारिय खानेपानि सरसफई तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । जसमा वडास्तारका जनप्रतिनिधि,टोल विकास संस्थाका अध्यक्ष, विद्यालयको प्रअ,तथा ब्यवस्थापन समितिकिा अध्यक्ष,विभिन्न राजैनैतिक दलका प्रतिनिधि,विभिन्न संघ संस्थाका प्रमुुख रहनुभएको छ । तिनाउ गाउँपालिक स्तारिय समिति सवै वडा स्तरमा गठन प्रक्रिया सकिएको छ ।


उक्त गठित समिति मार्फत १ वर्षभित्र पुर्ण सरसफाई उन्मुख गाउँपालिका घोषणा गर्ने तयारी छ ।