पाल्पाका ग्रामिण क्षेत्रमा वैंकिङ कारोवार

राष्ट्रिय वगनासकाली समाचार
सेयर गर्नुहोस

बगनासकालीको यम्घा र बराङ्दीमा कुमारी वैंकको शाखा रहित सेवा उद्घाटन

विष्णु घिमिरे
पाल्पा
३ कार्तिक ०७६
बगनासकाली गाउँपालिका वडा नं. ६ यम्घा र वडा नं. ८ बराङ्दीमा कुमारी वैंक पाल्पाको शाखारहित वैंकिङ सेवा सुरु भएको छ । ग्रामिण क्षेत्रका नागरिकका लागि वैकिङ सेवा दिने उद्देश्यले शाखारहित वैकिंङ सेवा सुरु गरिएको कुमारी वैंक पाल्पाले जनाएको छ ।


सोमवार बगनासकाली ६ यम्घामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँ गाउँमा वैकिङ सेवा सुरुहुनु राम्रो भएको बताउदै यस प्रकारको सेवाले बचत गर्ने वानीमा समेत विकास हुने बताउनुभयो । यम्घाका लागि व्यवसायिक प्रतिनिधि –ऐजेन्ट) दयाराज बस्याललाई बिएलबि मेसिन हस्तान्तरण र यम्घामा पहिलो खाता खोल्ने तेजराज पाण्डेलाई एटिम कार्ड हस्तान्तरण गरी उद्घाटन गरिएको थियो ।

कार्यक्रममा नेकपा प्रतिनिधि जयराम बस्याल, वडा अध्यक्ष लक्ष्मी प्रसाद अधिकारी, सिता वि.क. लगायतले शुभकामना दिनुभएको थियो । यम्घाको ठूलापोखरामा दयाराज बस्यालले शाखारिहत वैकिंङ सेवाको सुरुवात गर्नुभएको हो ।
यस्तै सोमवार नै बगनासकाली ८ बराङ्दीमा पनि कुमारी वैंकको शाखारिहत वैंकिङ सेवा सुरु भएको छ । एक कार्यक्रमका विच ५ नं. प्रदेशका सांसद डा. पुरनमान वज्राचार्यले उद्घाटन गर्दै ग्रामिण क्षेत्रमा पनि वैंकिङ कारोवार हुनु समृद्धीको आधार भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्द्रिय अध्यक्ष गणेश प्रसाद बस्याल, नेकपाका नेता हरिप्रसाद पाठक, प्रेस चौतारीका केन्द्रिय सदस्य कमलराज तिमिल्सेना, नेपाल शिक्षक संघका शिवप्रसाद घिमिरे लगायतले वोल्दै घरदैलोमै वैकिङ सेवा पाउनु खुसीको कुरा भएको बताउनुभयो । सोहि अवसरमा बराङ्दी, खानिगाउँको लागि व्यवसायिक प्रतिनिधि गण बहादुर बुढाथोकीले प्रभावकारी र विश्वसनिय तरिकाले २४ सै घण्टा सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कुमारी वैंकको शाखा रहित सेवाबाट यस क्षेत्रका १ सय ३० बढीले खाता खोली कारोवार सुरु गरिसकेको गण बहादुर बुढाथोकीले बताउनुभयो ।

कार्यक्रममा कुमारी वैंकका मार्केटिङ प्रमुख रेना रिजाल, संचार प्रमुख सिपा रेग्मी लगायतले वैंकले प्रवाह गर्ने सेवाका वारेमा बताउनुभयो । कार्यक्रमको स्वागत कुमारी वैंक पाल्पा शाखा प्रमुख अम्बिका प्रसाद बस्याल, संचालन  अपर्ण ढकाल र अध्यक्षता डिजिटल वैकिंङ प्रमुख अनिश ताम्राकारले गर्नुभएको थियो ।
कुमारी वैंकले संचालन गरेको शाखा रहित वैंकिङ सेवामा खाता खोल्न, रकम जम्मा गर्न तथा झिक्न, रेमिटेन्स सुविधा, एटिमबाट रकम झिक्न, विद्युत, टेलिफोनहरुको महसुल तिर्न तथा अन्य वैंकिङ कारोवार गर्न सकिने बताएको छ ।