तिनाउ गाउँपालिकाका जनप्रतिनिधिले कुटे मजदुर

तिनाउ पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा, कार्तिक ४
पाल्पापाटी डेस्क ।
पाल्पामा वडा सदस्यले एक मजदुरलाई कुटेका छन् । तिनाउ गाउँपालिका ६ का वडा सदस्य चुन्न बहादुर बिष्टले काम लगाएर ज्याला माग्न गएका ५१ बर्षिय मनबीर नेपाली लाई कुटपिट गरेका हुन् । बिष्टको कुटाईबाट नेपालीको अनुहारमा निलडाम संगै सुन्निएको छ ।


जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बिष्टको गोठ बनाउँदा आफूले पाउनुपर्ने १२ हजार माग्न जाँदा उल्टै मुक्का र लात्तीले हानेको नेपालीले गुनासो गर्नुभयो ।
जातिय गालीगलौच गर्दे कुटपीट गरेको आरोपमा नेपालीले वडा सदस्य विष्टविरुद्ध जिल्ला प्रहरी कार्यालय पाल्पामा सोमबार निवेदन दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । नेपाली काग्रेस बाट निर्वाचित वडा सदस्य बिष्टले भने पहिले नेपालीले आफूमाथि आक्रमण गरेपछि प्रतिकार मात्रै गरेको बताउनुभयो । घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक देबराज पौडेलले जानकारी दिनुभयो ।