बर्तुङ बहुउद्देश्यिय सहकारी सस्थाको प्रारम्भिक साधारण सभा सम्पन्न

तानसेन राष्ट्रिय समाचार

नयाँ कार्यसमितिको अध्यक्षमा विधान प्रसाद श्रेष्ठ

पाल्पा
३ कार्तिक ०७६
बर्तुङ बहुउद्देश्यिय सहकारी सस्था लिमिटेडको प्रारम्भिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले सहकारीको लगानी उत्पादनमूलक क्षेत्रमा गर्नुेपर्ने बताउनुभयो । सहकारीहरुकोे स्थलगत अनुगमन प्रभावकारी नभएको उल्लेख गर्दै तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले नियमन र अनुगमन गर्ने संघ सस्थाहरु संग मिलेर सहकारी अनुगमन गरिने बताउनुभयो ।
साधारणसभामा पत्रकार जगदिश भट्टराई, भेषराज सुवेदी, विधान श्रेष्ठ, दुर्गाा थापा लगायतले सहकारीले सदस्यहरुको आर्थिक उन्नती हुनेगरी काम गर्न सुभकामना दिनुभयो ।
तानसेन नगरपालिकामा आर्थिक वर्ष ०७६÷७७ मा दर्ता भएको बर्तुङ बहुउेद्देश्यिय सहकारीमा हाल २ सय ३८ बढी सदस्य आवद्ध छन् । डिल बहादुर ढुङगानाको अध्यक्षतामा तर्दथ समिति गठन भई सहकारी संचालन भएको थियो । प्रारम्भिक साधारण सभाले विधान प्रसाद श्रेष्ठको अध्यक्षतार्मा १३ सदस्यिय नयाँ कार्यसमितिको पनि चयन गरेको छ । जसको उपाध्यक्षमा विमला ढुङगाना सचिवमा जागेश्वर न्यौपाने कोषाध्यक्ष सूर्य थापा सह काषध्यक्ष मोनिका पराजुली र सहसचिव निलकण्ठ देवकोटा रहनुभएको छ ।
साधारण सभाले कृष्ण प्रसाद भट्टराइको संयोजकत्वमा ३ सदस्यिय लेखा समितिको गठन गरेको छ ।
प्रारम्भिक साधारणसभा सस्थाका शेयरसदस्यहरुलाई शेयरधनी प्रमाणपत्र समेत वितरण गरिएको थियो । यसैविच सोमवार नयाँ कार्यसमितिले सपथग्रहण गरी कार्यभार सम्हालेको छ । प्रारम्भिक साधारण सभाको संचालन भविन्द्र गौतम र अध्यक्षता तर्दथ समितिका अध्यक्ष डिल बहादुर ढुङगानाले गर्नुभएको थियो ।