जोर्तेको ओरालोमा दुई ट्रक आपसमा ठोक्किए, एकजनाको मृत्यु–अपडेट

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,कार्तिक १ ÷
पाल्पापाटी डेस्क ÷
दुई वटा ट्रक एक आपसमा ठोक्किएर ट्रक सडकबाट खस्दा एकजनाको मृत्युभएको छ ।

पाल्पाबाट रिडि जाँर्दै गरेको ना ४ ख १७०० र गुल्मीबाट बुटवल आँउदै गरेको ट्रक तानसेन गुल्मी सडक खण्डको जोर्तेको ओरालोमा ठक्कर खाई गुल्मीबाट पाल्पा आउर्दै गरेको ट्रक सडकबाट ४ सय मिटर तल खस्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानएको छ ।

ट्रक दुर्घटना रिब्दीकोट गाउँपालिका २ जोर्तेको ओरालोमा मन्दिर नजिकै भएको प्रहरीले बताएको छ । दुर्घटनामा ७ जना घाईते भएका छन । घाइतेको मिसन अस्पताल तानसेनमा उपचार भईरहेको छ ।

घाइते मध्ये ३ जनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेको खनाखत हुन सकेको छैन भने घाइतेको परिचय पनि खुलेको छैन ।