जोर्तेमा ट्रक दुर्घटना,एकजनाको मृत्यु

तानसेन पाल्पा विविध राष्ट्रिय रिव्दीकोट समाचार

पाल्पा,कार्तिक १ ÷
पाल्पापाटी डेस्क ।
गुल्मीबाट बुटवल आँउदै गरेको ट्रक तानसेन गुल्मी सडक खण्डको जोर्तेमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । । दुर्घटनामा ७ जना घाईते भएका छन ।

ट्रक सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटना बारे थप विवरण आँउन बाँकी रहेको छ ।