बगनासकाली गाउँपालिकाद्धारा वजार अनुगमन

राष्ट्रिय वगनासकाली समाचार
सेयर गर्नुहोस

पाल्पा
१६ असोज, २०७६
दिपक ढुङ्गाना
बगनासकाली गाउपालिकाले चाडपर्बको बेलामा उपभोक्ताहरूको स्वास्थ्य र आर्थिक हितलाइ मध्यनजर गर्दै बजार अनुगमन गरेको छ । बस्तु वा सेबाको गुण स्तर परिणाम र मुल्यको अनियमितताबाट उपभोक्तालाइ संरक्षण गर्ने उदेस्यले आर्यभन्ज्याङ बजार क्षेत्रको अनुगमन गरेका हो। बगनासकाली गाउँपालिकाको गावटुङ, आर्यभञ्ज्याङ लगायतका वजारहरुमा अनुगमन गरिएको थियो ।२६ बटा खाद्य पसलमा गरिएको अनुगममा १५ वटा पसलमा म्याद सिद्दियका बस्तु भेटियका थिए । पसलमा विक्रीका लागि राखियका कोक,फेन्टा, पेप्सि ,जुस लगायतका बस्तुहरू म्याद नाघेको भेटियको छ।
अनुगमनले कोक फेन्टा, स्प्राइट र डिउ ५८ लिटर, सुजि १२प्याकेट, लिचिजुस, बिस्कुट लगायतका बस्तुहरू पसल बाट जफत गरि नस्ट गरियको छ । बजार अनुगमनमा वगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठ, खाद्य प्रबिधि तथा गुणस्तर नियन्त्रण कार्यालयका प्र्मुख नरेस श्रेष्ठ,वडा अध्यक्ष टीका थापा,वडा सदस्य राम प्र्साद श्रेष्ठ,आर्यभन्ज्याङ बजार ब्यबस्थापन समिति अध्यक्ष राम प्रसाद श्रेष्ठ,आर्यभन्ज्याङ प्रहरी चौकि प्रमुख आसा ढुंगाना,बडा सचिव नारायण गैरे,उध्योग बाणिज्य संध, पत्रकारसमुह का प्रतिनिधि लगायतको सहभागी समुहले पसलहरूको अनुगमन गर्दै ब्याबसायी हरूलाइ ब्याबसाय संबन्धि आबस्यक सल्लाह सुझाव दियको थियो। जफत सामानहरूको नस्ट गर्दै यस्तो अनुगमन लाई पालिकाले निरन्तरता दिने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।