दुर्घटना नगराउन पाल्पा प्रहरीद्धारा सवारि चालकलाई शुभकामना-फोटो फिचर

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,असोज १५ ।
सुनिल कार्की ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले चाडपर्व लक्षित दुर्घटना न्युनिकरण सम्बन्धी कार्यक्रमलाई तिव्रता दिएको छ । नजिकिदो बडादशैं ,शुभदिपावली र छठ पर्वलाई मध्य नजर गरि जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सवारि चेकजाँच,सचेतनामुलक कार्यक्रम प्रशिक्षण र शुभकामना आदानप्रदान कार्यक्रमलाई तिव्रता दिएको हो ।


बुधबार सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको अवधारण अनुरुप ‘‘सडक सभ्याता हाम्रो चाहाना,सुरक्षित यात्राको शुभकामना’’ भन्ने नारा सहित तानसेन स्थित बसपार्कमा सार्वजनिक,निजि सवारी साधनहरुका चालक,सहचालक,यात्रु, स्थानियबासि र सरोकारवालहरुबीच विजया दशमी, शुभदिपावली र छठ पर्व २०७६ को शुभकामना आदानप्रदान एवं अन्र्तक्रिर्या कार्यत्रम गरिएको छ ।

साथै सवारी चलाउदा अपनाउनु पर्ने सावधानी, मा.प.से गरी सवारी साधनहरु नचलाउने, यात्रुहरुसँग असल ब्यवहार गर्ने, तिब्र गतिमा सवारी साधन नचलाउने,सिट क्षमता भन्दा बढी यात्रु नराख्ने,लामो दुरीका सवारीमा दुई जना चालक राख्न,े सवारी दुर्घटना न्यूनिकरण गर्न सहयोग गर्ने तथा ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिईएको थियो ।


कार्यक्रममा सहभागी यातायात ब्यवासायि, ब्यापारि,यात्रु स्थानिय ,सरोकारवाल लगायतले सेवा प्रदायक र सेवा लिने क्रममा भोग्नु परेको समस्याको विषयमा जिज्ञासा राखेका थिए । उक्त जिज्ञासको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एव कार्यक्रममा प्रमुख अतिथि एसपी दिपेन्द्र जिसीले चाडपर्वको मौका छोपी हुन सक्ने दुर्घटनामा यात्रु स्वयम सचेत हुनुपर्ने बताउनुभएको थियो । उहाले यात्राको क्रममा जब सम्म स्वयम यात्रु सजग हुन सक्दैनन् तब सम्म सुरक्षित यात्राको अभियान सफल हुन नसक्ने भन्दै कर्तब्य र अधिकारलाई आत्मसाथ गर्न सरोकारवालाई आग्रह गर्नुभयो ।


कार्यक्रमको सहजीकरण गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरिक्षक पृथ्वीनारायण काफ्लेले चाडपर्वको अवसरमा हुन सक्ने दुर्घटनालाई न्युनिकरण गर्न ट्राफिक सचेतनाका कार्यक्रमलाई तिव्रता दिएको बताउनुभयो । उहाले यातायात ब्यवासायि,सवारि चालक , सवारि धनि र यात्रुलाई चाडपर्वमा हुन सक्ने दुर्घटनाको विषयमा विषयमा अग्रिम प्रशिक्षण, पर्चा पम्प्लेट वितरण,सुरक्षित यात्राको कामना लगायतको प्रभावकारी कार्यक्रम सञ्चालन गरि सकेको जानकारी दिनुभएको थियो ।


जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुुर्घटनाको सम्भावित कारणलाई मध्यनगर गरि विभिन्न सचेतनाका कार्यक्रमलाई सहरी ईलाक देखि ग्रामीण ईलाका केन्द्रीत सचेतनाको अभियानलाई तिव्रता दिएको छ ।