तिनाउ गाउँपालिकाको शिविर प्रभावकारी बन्यो,१० हजार बढी जनता प्रत्यक्ष लाभवान्बीत

तिनाउ पाल्पा विविध राष्ट्रिय समाचार

असोज,९ पाल्पा ।
सुनिल कार्की ÷
पाल्पाको तिनाउ गाउँपालिका सञ्चालन गरेको एकिकृत घुम्ती शिविर प्रभावकारी बन्दै गएको छ ।

गाउँपालिकाको वडा नं १,२,३,५ र ५ मा चलेको शिविरबाट १० हजार बढी जनताले सेवा लिएको तिनाउ गाउँपालिकाले जनाएको छ । ६ प्रकारका विषयगत शाखाका सेवा सहित सुरु भएको शिविरबाट सबै सेवा निशुल्क प्रदान गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताउनुभयो । निर्वाचनको समयमा बाचा गरिएका प्रतिबद्धता के कति पुरा गर्न सकियो र स्थानिय सरकारले गरेका कामका बारेमा जनताको प्रतिक्रिया के कस्तो छ भनेर थाहा पाउन घुम्ती शिविर अझै प्रभावकारी बनेको अध्यक्ष घर्ती मगरले जानकारी दिनुभयो ।


तिनाउ गाउँपालिकाको आयोजनामा जनप्रतिनिधि र कर्मचारीको साथै पाल्पा लायन्स लाकोल आँखा अस्पतालको संयुक्त टोलीले वडा–वडामै पुगेर जनताको निशुल्क स्वास्थ्य परिक्षण,यस अन्र्तगत सुगर,प्रेसरका साथै सर्ने,नसर्ने रोगबारे प्रशिक्षण,आँखा परिक्षण,अपाङ्गगता परिचय पत्र,जेष्ठ नागरिक परिचय पत्र,पशु विकासका लागि जुका,माटे,भिटामिन लगायतका आंैषधी निशुल्क वितरण गरिएको थियो ।


गाउँपालिका सम्म पुगेर प्राप्त गर्न सकिने सेवा सुविधा र जानकारी आफ्नै गाउँबस्तीमै पाएपछि वडा नं १ कचल ठुलीउदाङ्गकी वर्ष ८५ की निरुमती मगर खुसी हुनुभएको थियो । मगरले गाउँमा धेरै जनामा नागरिकता नभएकाले विभिन्न प्रयोजनबाट बञ्चित भएको भन्दै नागरिकताको घुम्ती शिविर पनि सञ्चालन गरिदिन आग्रह गर्नुभयो ।


एकिकृत घुम्ती शिविरबाट तिनाउ गाउँपालिका वडा नं १ को ठुलीउदाङ्ग,झिङ्गगामारा र कचलमा गरि अपाङ्गगता परिचय पत्र ३५जना,निशुल्क स्वास्थ्य परिक्षण ५२१,आँखाको निशुल्क परिक्षण ४७५,कृषिजन्य विउँविजन ४५०,पशुका लागि विभिन्न प्रकारका औषधी २३१ र जेष्ठ नागरिक परिचय पत्र ११७ जनाले आफ्नै गाउँघरमा निशुल्क सेवा प्राप्त गरेका छन ।


यस्तै गरि तिनाउ गाउँपालिका वडा नम्बर २ झ्याङ्गला स्मार्ट कृषि गाउँमा सञ्चालित शिविरमा निशुल्क आँखाको स्वास्थ्य परिक्षण ३४० जना,कृषिजन्य विउँविजको सेवा १७५,निशुल्क स्वास्थ्य परिक्षण १४७,पशुजन्य जुका भिटामिन र माटेको औषधी ८५, जेष्ठ नागरिक परिचय पत्र ४८ र अपाङ्गगता परिचयपत्र ६ जनाले प्राप्त गरेकका छन ।


जनताको सेवा र आवश्यकतालाई स्थानिय सरकारको मर्म अनुरुप पहिलो प्रथामिकतामा राखेर दुर्गम होस या सुगम जुनसुकै ठाउँमा घुम्ती शिविर मार्फत निरन्तर सेवा प्रदान गरि स्थानिय सरकार छ भन्ने अनुभुति जनतामा गराउन गाउँपालिका प्रयत्नशील रहेको प्रमुख प्रशासकिय अधिकृत पनेरुले बताउनुभयो ।


यस्तै वडा नं २ झ्याङ्गला वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले पालिकाबाट प्रदान गरिने सेवालाई सहज बनाई घर आँगनमा पुगी सेवा प्रवहा गर्ने गाउँपालिकाको लक्ष्य अनुरुप घुम्तिी शिविरलाई तिव्रताका साथ गाउँटोलमा पु¥याईएको बताउनुभयो ।


तिनाउ गाउँपालिकाले स्थानिय सरकारको केन्द्रमा आएर सेवा सुविधा लिनुपर्ने बाध्यताको अन्तय गर्न बार्षिक कार्यक्रम नै बनाएर घुम्तिी शिविर मार्फत जनतालाई सेवा प्रवहा गर्दै आएको छ ।