पाल्पाको रैनादेविमा भएको जिप दुर्घटनामा रेश्मीमगरको मृत्यु

राष्ट्रिय रैनादेवी समाचार

पाल्पा,असोज ४ ।
पाल्पापाटी डेस्क ÷
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–६, जुठापौवा आरुखोरमा शनिबार बिहान भएको पिकअप जीप दुर्घटनाका घाइते एक जनाको मृत्यु भएको छ ।

ग २ च २७१७ नम्बरको जीप सडकबाट अनियन्त्रित भई बाटोदेखि ५० मिटर तल खस्दा जीपमा सवार तीन जना मध्ये गम्भीर घाइते रैनादेवी छहरा ८ का ५० वर्षिय झै बहादुर रेश्मीमगरको मृत्यु भएको हो । गम्भीर घाइते भएका रेश्मीको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप जुठापौवाबाट सत्यवतीतर्फ जाँदै गर्दा कच्ची सडकमा दुर्घटना भएको हो । अन्य दुई जनाको अवस्था सामान्य रहेको छ ।