पाल्पाका कुन –कुन स्थानिय तहले के गरि मनाए संविधान दिवस ?- फोटो फिचर

तानसेन तिनाउ निस्दी पाल्पा विविध पूर्वखोला माथागढी रम्भा रामपुर राष्ट्रिय रिव्दीकोट रैनादेवी वगनासकाली समाचार

पाल्पा,असोज ३ ।
सुनिल कार्की ।
संविधान दिवसको अवसर पारेर जिल्लाका दश वटै स्थानिय तहले विभिन्न कार्यक्रम गरि हर्षीउल्लासका साथ दिवस मनाएका छन ।

 

जिल्लाको रिब्दीकोट गाउँपालिकाले फरक किसिमले संविधान दिवस मनायो भने बाँकि अन्य स्थानिय तहले प्रभातफेरी ,सरसफाई,प्रतियोगिता र शुभकामना आदनप्रदान गरि दिवस मनाएका हुन । पाल्पाका १० वटा स्थानिय तह मध्ये पाल्पाका स्थानिय तहले भने यसप्रकार संविधान दिवस मनाएका छन ।

तानसेन नगरपालिका ः
तानसेन नगरपालिकाले संविधान दिवसको अवसरमा कार्यालय परिसरमा सरसफाई गरेको छ ।

दिवसको अवसरमा तानसेन नगर कार्यापालिकाको कार्यालय परिसरमा जनप्रतिनिधि र कर्मचारीले सामुहिक सरसफाई गरेको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले जानकारी दिनुभयो ।
रामपुर नगरपालिक ः
यस्तै गरि संविधान दिवसको अवसरमा रामपुर नगरपालिकाले प्रभातफेरी ,विद्यालय स्तरिय हाजिरी जवाफ, वतmृत्वकला प्रतियोगिताका साथै संघिय सांसद दल बहादुर रानाको प्रमुख आथ्यितामा शुभकामना आदनप्रदान गरि मनाएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले जानकारी दिनुभयो ।
रिब्दीकोट गाउँपालिका ः
यस्तै जिल्लाको रिब्दीकोट गाउँपालिकाले संविधान दिवसको अवसरमा गाउँपालिकाका ८ वटै वडामा रहेका अपाङ्गता भएका ब्यक्तिहरुलाई परिचय पत्र वितरण गरेको छ ।

अपाङ्गता भएका ब्यक्तिहरु परिचय पत्र नभएकै कारण सेवा सुविधाबाट बञ्चीत भएको भन्दै परिचय पत्र वितरण गरिएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।
रम्भा गाउँपालिका ः
जिल्लाको रम्भा गाउँपालिकाले संविधान दिवसको अवसरमा स्थानिय तहका जनप्रतिनिधि, कर्मचारी र स्थानियले एक अपासमा शुभकामना आदनप्रदान गरि दिवस मनाएको गाउँपालिकाका अध्यक्ष विष्णु प्रंसाद भण्डारीले बतायनुभयो ।


तिनाउँ गाउँपालिका ः
यसै गरि तिनाउँ गाउँपालिकाले पनि संविधान दिवसको अवसरमा गाउँपालिका परिसरमा सरसफाई गर्नुका साथै दिपावाली गरि संविधान दिवस मनाएको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले जानकारी दिनुभयो ।
पुर्वाखोला गाउँपालिका ः
यस्तै पुर्वाखोला गाउँपालिकाले संविधान दिवसको अवसरमा दिपावाली ,संविधान विषयक अन्तर बिद्यालय स्तारिय वतmृत्वकला प्रतियोगिता गर्नुका साथै शुभकामना आदानप्रदान गरि दिवस मनाएको गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले जानकारी दिनुभयो ।
रैनादेवि छहरा गाउँपालिका ः
यस्तै रैनादेवि छहरा गाउँपालिकाले संविधान दिवसको अवसरमा दिपावली गर्नुका साथै छहरा बजारमा जनप्रतिनिधि,कर्मचारी र स्थानियको सहभागीतामा बृहत सरसफाई कार्यक्रम गरेको छ । साथै सहिदको सम्झनामा फोटोमा मल्र्यापर्ण गर्दै शुभकामना आदाप्रदानका साथ संविधान दिवस मनाईएको गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिनुभयो ।
बगनासकालिा गाउँपालिका ः
यस्तै गरि संविधान दिवसको अवसरमा बगनासकालिा गाउँपालिकाले पनि दिपावली र गाउँपालिका परिसरमा सरसफाई गरि मनाएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनुभयो ।
माथागढी गाउँपालिका ः
यस्तै संविधान दिवसको अवसरमा माथागढी गाउँपालिकाले शुभकामना आदनप्रदान एव दिपावली गरि मनाएको गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले बताउनुभयो ।
जिल्ला समन्वय समिति ः
संविधान दिवसको अवसरमा जिल्ला समन्वय समितिको आयोजनमा प्रभातफेरी निकालिएको छ ।

प्रभातफेरीमा जनप्रतिनिधि ,राजनैतिक दल , संघ संस्था, जिल्लाका सरकारी कार्यालयका निजमति कर्मचारी,नेपाल प्रहरी, नेपाली सेना ,सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो ।