संविधान दिवसको अवसरमा रिब्दीकोटका २ सय ६७ जनलाई अपाङ्गता परिचय पत्र-फोटो फिचर

पाल्पा विविध रिव्दीकोट समाचार

पाल्पा भदौं ३ ।
सुनिल कार्की ।
संविधान दिवसको अवसरमा पाल्पाको रिब्दीकोट गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र प्रदान गरेको छ ।


गाउँपालिकामा रहेका २ सय ६७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई संविधान दिवसको अवसरमा अपाङ्गता परिचयपत्र वितरण गरिएको हो । गाउँपालिका भित्रको ८ वटै वडमा रहेका फरक क्षमता भएकालाई घुम्ती शिविर मार्फत घरदैलोमै पुगी अपाङ्गता परिचय पत्र तयार गरि हस्तान्त्रण गरिएको हो ।

गाउँपालिका भित्रका विभिन्न दलित एवं पिछडिएको समुदायमा ठुलो संख्यामा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरि त्यसको आधारमा अपाङ्गता परिचय पत्र वितरण गर्ने कार्यक्रम सुरु गरिएको थियो ।
गाउँपालिकाको वडा नम्बर एक मा ५१, वडा नम्बर २ मा ३०, वडा नम्बर ३ मा २६,वडा नम्बर ४ मा २९, ५ मा ३२, वडा नम्बर ६ मा २५ , वडा नम्बर ७ मा ४१ र वडा नम्बर ८ मा २९ जना गरि २ सय ६७ जना फरक क्षमता भएका ब्यक्तिको पहिचानको आधारमा विभिन्न प्रकारका परिचय पत्र तयार गरि वितरण गरिएको गाउँ अपाङ्गता समन्वय समिति संयोजक लक्ष्मी खनालले बताउनुभयो । उपप्रमुख खनालले स्थलगत रिपोर्टको आधारमा अपाङ्गता रोकथामको लागि शिविर,स्वास्थ्य विमा, हेरचाहा केन्द्र,पुर्नस्थापनका साथै सीप विकासको आवश्यकता रहेको बताउनुभयो ।


अपाङ्गता परिचय पत्र वितरण कार्याक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले रातो कार्ड र निलो कार्ड भएकालाई मात्र राज्यले सहयोग गर्दै आएकोमा गाउँपालिकाले पहेंलो कार्ड भएकालाई आर्थिक सहयोग र सेतो कार्ड भएकालाई ब्यवासाय तथा स्वारोजगारमा प्रोत्साहान गर्ने योजना बनाएको बताउनुभयो । आफुहरुले स्थानिय तहमा गरेका निर्णयलाई जनता समक्ष पु्याई पारर्दशी बनाउन हर सम्भव प्रयासमा रहेको समेत जिसीले दावि गर्नुभयो । यस्तै कार्याक्रमका विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत एवं ऋषि अर्यालले परिचय पत्र दिर्दैंमा गाउँपालिकाको दायित्व पुरा नहुँनु हुँदा स्वारोजगार ,सुरक्षा,साथै उनिहरुको जिवन रक्षा लगायतका काममा गाउँपालिका लागि पर्ने प्रतिबद्धता दिनुभयो ।


यसै अवसरमा अपाङ्गमाता पहिचानमा आयोजना गरिएको घुम्ती शिविरमा सहयोग पुयाउने अपाङ्गताको क्षेत्रमा काम गर्ने ब्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । यसै अवसरमा गाउँपालिकाले सञ्चालन गरेका विभिन्न योजना मध्ये उत्कृष्ट कार्य प्रर्दशन गर्ने हार्थोक–बतासे छहरा मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष नारायण बहादुर भाट र सचिव दिवाकर अर्याललाई नगद र प्रमाण पत्रले सम्मान गरिएको थियो ।


कार्यक्रममा गाउँपालिकाका प्रवक्ता विष्णु खनाल,कार्यपालिका सदस्य लिला आचार्य,नेकपा रिब्दीकोटका नारायण बहादुर भाट, नेपाल कांग्रेस रिब्दीकोटका उपाध्यक्ष दिवाकर अर्याल,पत्रकार माधव अर्याल लगायतले बोल्नुभएको थियो ।