प्रहरी र बैकर्शद्धारा पाल्पामा पहिलोपटक विद्यार्थी लक्षित प्रोत्साहान कार्यक्रम सुरु –फोटो फिचर

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,असोज १ ÷
सुनिल कार्की ।
पछिल्लो समय विद्यार्थी विद्यालय नगईदिएर अभिभावक हैरान छन । एक तर्फ विद्यालयमा विद्यार्थी संख्या कम हुने समस्या छदै छ । यस्तै खाले समस्यालाई समधान गर्न पाल्पामा विद्यार्थी लक्षित नविन कार्यक्रमको सुरुवात गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाको समन्वयमा जिल्लाका गरिब,जेहेन्दर र विपन्न परिवारका विद्यार्थीलाई पठनपाठनमा सहयोग पु्याउन विद्यार्थी लक्षित कार्यक्रम थालनि गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पा र बैंकर्श एसोशियशन अफ पाल्पाको सहयोगमा जिल्लाका सामुदायिक विद्यालयका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


बुधबार एक कार्यक्रमका विच साविक तानसेन १२ हाल तानसेन नगरपालिका ५ घरमपानिमा अवस्थित श्री जनहित प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बताउनुभयो । प्रहरी उपरिक्षक जिसीले अभाव र कमीका कारण शिक्षाको पहुँचबाट बालबालिका बञ्चित नहुन भन्ने उद्धेश्यले सामाजिक उत्तरदायित्व बहन गर्ने खालको नयाँ कार्यक्रमको सुरुवात गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा बैंकर्श पाल्पाका प्रतिनिनिधि सुरज घिमिरे ,प्रहरी नायब उपरिक्षक कृष्णराज सापकोटा, विद्यालयकी प्रधानअध्यापक राधा घिमिरे लगायतले शैक्षिक सामाग्रीको सहयोगले विद्यालय छोड्ने समस्यामा कमी आउनुका साथै यस्तो खाले कार्यक्रमले विद्यार्थीलाई थप उर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा कक्षा १ देखि ५ सम्मका २७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री कपि,डटपेन,कटर,इरेजर र पेन्सील वितरण गरिएको थियो । उक्त कार्यक्रममा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विद्यार्थीलाई घरेलु हिंसा,ट्राफिक सचेतना,सामाजिक विकृति तथा सरसफाई सम्बन्धी सचेतनामुलक प्रशिक्षण समेत दिईएको थियो ।

शैक्षिक सामाग्री पाएसँगै विद्यार्थी,अभिभावक खुशी भएका छन । नेपालमै नयाँ खालको कार्यक्रमको रुपमा लिएको यस कार्यक्रमलाई पाल्पा जिल्लाको विभिन्न सामुदायिक विद्यालयमा विस्तार गर्ने लक्ष्य लिईएको छ ।