प्रभास प्रहरी चौकिको चाडपर्व लक्षित सचेतनाका कार्यक्रम सुरु

माथागढी
सेयर गर्नुहोस

पाल्पा,भादौं २९ ।
सुनिल कार्की ÷
प्रभास प्रहरी चौकिले चाडपर्व लक्षित सचेतनाका कार्यक्रम सुरु गरेको छ । नजिकिदो बडादशैं ,तिहार एव छठ पर्वलाई मध्यनजर गर्दै प्रभास प्रहरी चौकिले चडपर्वमा हुन सक्ने सम्भावित घटना हुन नदिन कार्यक्रम सुरु गरेको हो ।

प्रहरी चौकि प्रभासले सवारि साधन चेकजाँच,यात्रा गर्दा अपनाउनुपर्ने होसियारीता,चाडपर्वमा हुन सक्ने चोरि र सुरक्षा संवेदनशिलतालाई मजबुत बनाउन सिसिटिभि क्यामरा जडान लगायतको तयारीलाई तिव्रता दिईएको प्रभास प्रहरी चौकि प्रमुख प्रहरी नायब निरिक्षक एक्क बहादुर नेपालीले बताउनुभयो ।


प्रहरी चौकि प्रभासले माथागढि गाउँपालिका वडा नं ३ सराई ,वडा नं २ खहरेका जनप्रतिनिधी,उद्योगी, ब्यवसायी समाजसेवी ,स्थानियका साथै सरोकारवाला पक्षसँग पहिलो चरणमा सचेतना कार्यक्रम गरिएको चौकि प्रमुख प्रहरी नायब निरिक्षक नेपलीले जानकारी दिनुभयो ।
उक्त छलफल कार्यक्रममा प्रहरी साझेदारी कार्यक्रमको बारेमा समेत अन्र्तक्रिया भएको थियो ।