अवरुद्ध पाल्पा –बुटवल सडकको सिद्धबाबा र कालिमाटी एकतर्फी सञ्चालनमा

तिनाउ पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा, २८ भदौं ।
सुनिल कार्की ÷
पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको दुई स्थानमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । माथिल्लो सिद्धबाबा नजिकै र तिनाउँ गाउँपालिका ५ कालिमाटी नजिकै ढुङ्गे पहिरो खसेपछि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो ।

शनिबार बिहान ९ः१५ बजेबाट अवरुद्ध माथिल्लो सिद्धबाबा र शुक्रबार राति ९ः३० बजे कालिमाटीमा अवरुद्ध भएको सडक एकतर्फी संचालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा पाल्पाबाट बुटवल, नवलपरासि ,चितवन, नेपालगञ्ज, काठमाण्डौं लगायत बुटवाल हुँर्दै गुल्मी, स्याङ्जा, बाग्लुङ, पोखरा लगायतका स्थानतर्फ जाने सवारी साधन र यात्रुहरु आ–आफ्नो गन्तव्यमा लागेका छन ।

यो सडक खण्डमा पटक–पटक पहिरो खस्ने र सडक अवरुद्ध हुने कारणले पाल्पा –बुटवल सडकखण्ड यात्रा जोखिमपुर्ण बनेको छ । सडक पूर्ण रुपमा संचालनको लागी काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिनुभयो ।