पाल्पामा हराएका सवारि साधन भेटिन थाल्यो-सक्दो शेयर गरौं

तानसेन तिनाउ पाल्पा विविध रामपुर राष्ट्रिय समाचार

पाल्पा,भदौं २७ ।
सुनिल कार्की ÷
पछिल्लो समय तानसेनमा हराएको मोटरसाईकल भेटिर्दैन भन्ने भ्रम छ तर यही भ्रमलाई प्रभास प्रहरी चौकिले गलत सावित गरेको छ ।  यही भर्दौं ७ गते तानसेन ६ टुडिखेल नजिकै पार्किङ गरि राखेको लु ४३ प ६६८३ नम्बरको टु–ट्वान्टी पलसर बाइक हराएको थियो ।

निरन्तरको प्रयास पछि प्रहरी चौकि प्रभासबाट प्रहरी चौकि प्रमुख एक्क बहादुर विकको कमाण्डमा खाटिएको प्रहरी टोलिले १९ दिन पछि लुकाई राखेको अवस्थामा तिनाउ गाउँपालिका ६ डुम्रे नजिकैको खोल्सामा बाइक फेला पारेको थियो । उक्त फेला परेको मोटरसाईकल निज मोटरसाईकल धनि रामपुर १० (हाल तानसेन ६ बसपार्क) निवासि देव बहादुर गाहालाई हस्तान्त्रण गरिएको प्रहरी चौकि प्रभासका प्रमुख प्रहरी नायब निरिक्षक नेपालीले बताउनुभयो ।

लामो समय देखि खोल्सामा लुकाएर राखेको अवस्थामा फेला परेको मोटरसाईकलको अवस्था ठिक नभएका कारण सदरमुकाम तानसेन सम्म पु्याउन सक्ने अवस्था नरहेका कारण प्रभास चौकिबाट नै निज मोटरसाईकल धनि गाहालार्ई हस्तान्त्रण गरिएको प्रहरी चौकि प्रमुख नेपालीले जानकारी दिनुभयो ।

पछिल्ला दिनमा तानसेनबाट मोटरसाईकल हराउने तर नभेटिने समस्याबाट सशंकित भएका स्थानियमा आजभोलि हराउने क्रममा तुलनात्मक कमी आउनुका साथै छिट्टै नै भेटिन थालेसँगै स्थानियले राहातको महशुस गरेका छन ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लाको शान्ति सुरक्षा र संवेदनशिलतालाई मध्यनजर गर्दै सदरमुकामका मुख्य बजार र चोकहरुमा सिसिटिभि क्यामरा जडान गरेको छ । जसले गर्दा हराएका मोटरसाईकल तुरुन्तै फेला पार्न सहज भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।