भ्रमण वर्ष २०२० लाई सफल पार्न पाल्पा उवासघंको टोली गण्डकी प्रदेश प्रस्थान

तानसेन राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा,भदौं २७ ।
सुनिल कार्की ।
पाल्पा उद्योग वाणिज्य संघको टोली तिन दिने भ्रमणको लागि गण्डकी प्रदेश प्रस्थान गरेको छ । नेपाल भ्रमण वर्षलाई सफल बनाउन उद्योग वाणिज्य संघको टोली छिमेकी ४ नं गण्डकी प्रदेशको भ्रमणमा निस्केको हो ।

पर्यटन वर्ष २०१९ लाई सफल बनाई २०२० लाई थप प्रर्वद्धन गर्न गण्डकी प्रदेशको अवलोकन भ्रमण कार्यक्रम बनाईएको उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो ।

स्थानिय पर्यटनको प्रर्वद्धन,सिप र ज्ञान आदान प्रदान गर्न भ्रमण उपलब्धीपुर्ण बन्ने अपेक्षा लिएको वाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराईले बतानउनुभयो ।

उद्योग वाणिज्य संघ पाल्पाको टोलिले स्याङ्गजा,कस्की,बेनि,पर्वत हुँदै म्याग्दी जिल्ला सम्मको भ्रमण गर्ने कार्य तालिका रहेको छ । वाणिज्य संघको टोली आईतबार पाल्पा फर्कने छ ।

फोटो सौजन्य : शैलेन्द्र भट्राई र बसन्त ब्रज्रचार्य