शिद्धवावा पहिरोमा २ जिप पुरिए, एक जनाको ज्यान गयो

तिनाउ राष्ट्रिय समाचार

पाल्पा
२७ भाद्र

पाल्पा बुटवल सडक खण्डको दोभाननिर हेडबक्समा पहिरोले २ जिप पुरेको छ । पहिरोले पुरिएर एक जना जिप चालकको ज्यान गएको छ भने ६ जना घाईते भएका छन् । बुटवलबाट पाल्पाका लागि छुटेको लु १ ज २६१७ नम्बरको जिपका चालक गुल्मी छापचौर ९हाल रुपन्देही तिलोत्तमाका २६ बर्षिय कमल परियारको घटनास्थलमै ज्यान गएको हो ।   जिपमा सवार १३ मध्ये ९ जना सकुशल रहेको र चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय , पाल्पाले जनाएको छ । तिनाँउ गाँउपालिकाको हेडबक्समा सडक माथि बाट आएको पहिरोले पुरिएका लु २ च ५९३८ नम्बरको स्कारपियोमा सवार २ जना भने सामान्य घाईते भएका छन् । घाईतेहरुको प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ । पहिरोले अवरुद्ध सिद्धार्थराजमार्गको पाल्पा बुटवल सडक एकतर्फी रुपमा संचालनमा आएको प्रहरीले जनाएको छ ।