पूर्वखोलाका तीन वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

पूर्वखोला राष्ट्रिय समाचार

पाल्पा भादौं २५ ।
सुनिल कार्की ÷
जिल्लाको पूर्वखोला गाउँपालिकाका तीन वटा वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । मंगलवार वडा नं ६ को हेक्लाङ्गलाई गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्नुभयो ।

यसभन्दा अगाडी वडा नं ३ र ५ वडालाई पनि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिसकिएको छ । अब वडा नं १, २, ४ लाई पनि कात्तिक मसान्त भित्र पूर्ण ंसंस्थागत सुत्केरी वडा घोषणा गर्ने कार्यक्रम रहेको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक मोहन ढकालले बताउनुभयो ।

मुलुकमा ७० प्रतिशतको हाराहारीमा ंसंस्थागत सुत्केरी हुने दर रहेपनि पाल्पा जिल्लामा भने हाल ९० प्रतिशत रहेको पाइएको छ ।गत आर्थिक वर्षमा जिल्लामै पहिलो पटक माथागढी गाउँपालिका वडा नं ३ को कसेनीलाई पूर्ण संस्थागत सुत्केरी वडाका रुपमा घोषणा गरियो । त्यस्तै बगनासकाली गाउँपालिकाको वडा नं २ पोखराथोकलाई पनि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ ।रम्भा गाउँपालिकाले पनि सबै वडालाई एकै साथ पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने तयारी गरेको छ ।

रामपुर नगरपालिकाले दश वटै वडामा तथ्याङ्क सङ्कलन, छलफल कार्यक्रम अगाडी बढाएको स्वास्थ्य शाखा ंसंयोजक तीर्थप्रसाद पंगेनीले बताउनुभयो ।