डुम्रेमा टिप्परको ठक्करबाट दुई जना घाईते, दाईको अवस्था मध्यम बहिनिको अवस्था गम्भीर

तानसेन तिनाउ पाल्पा विविध राष्ट्रिय वगनासकाली समाचार

पाल्पा,भाद्र १३ ÷
सुनिल कार्की । सिद्धार्थ राजमार्ग अन्र्तरगत बुटवल पाल्पा सडक खण्डको डुम्रेमा टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा दुई जना घाईते भएका छन ।

                                                     फोटो सौजन्य ः विक्रम थापा ट्राफिक प्रहरी जवान प्रहरी चौकी प्रभास ।

तानसेन ८ तल्लो डुम्रेमा पाल्पाबाट बुटवल जाँदै गरेको लु २ ख २९९४ नम्बरको टिप्परले विपरित दिशाबाट आँर्दै गरेको लु ३३ प ९३५८ नम्बरको मोटरसाईकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । टिप्परको ठक्करबाट बगनासकाली गाउँपालिका वडा नं ६ का वर्ष २२ का थर्कराज खनाल र सोही स्थानकि वर्ष २० कि रन्जु खनाल गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।

घाइते मध्ये थर्कराज दाई र रन्जु बहिनि रहेको रहेका छन । दुबै जनाको लुम्बिेनि मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । घाइते मध्ये दाई थर्कराजको अवस्था मध्यम र बहिनि रन्जुको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरिक्षक सापकोटाले बताउनुभयो ।


मोटरसाइकलाई ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिई घटना बारे थप अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।