निस्दीको तेस्रो सार्बजनिक सुनवाई सकियो

निस्दी राष्ट्रिय समाचार

पाल्पा,भादौं १० ।
पाल्पापाटी डेस्क ÷
जिल्लको निस्दी गाउँपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को तेस्रो सार्वजनिक सुनुवाई सकिएको छ ।
गाउँकार्यपालिकाको कार्यालय मित्यालमा भएको कार्यक्रम गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको थियो ।

सार्वजनिक सुनुवाइमा प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालले प्रतिवेदन पेश गर्दै गत आव २०७५÷०७६ मा गाउँपालिकाले ९७ प्रतिशत भौतिक प्रगती गरेको बताउनुभयो । गाउँपालिकाको भवन तथा बहुउद्देश्यीय सभा हलको डिपिआर तयार भइसकेको समेत जानकारी दिनुभयो । साथै नेपाल टेलिकमको टावर परिक्षण र वायु उर्जाको परिक्षण गर्न सफल भएको बताउँदै चालू आर्थिक वर्षको लागि गाउँपालिकाले कुल ४७ करोड ६८ लाख बराबरको बजेट ल्याएको छ ।

उपाध्यक्ष रिताकुमारी अर्यालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा स्थानिय नागरिकले शिक्षा , स्वास्थ्य , विद्युत , कृषि , खानेपानी , यातायात , युवा सशक्तीकरण लगायतको विषयमा जिज्ञासा राखेका थिए । सहभागीले उठाएका जिज्ञासाको गाउँपालिका अध्यक्षम मुक्त बहादुर सारु सहित प्रमुख प्रशासकीय अधिकृत,विषयगत कार्यालयका शाखा संयोजक , जनप्रतिनिधि लगायत जवाफ दिएका थिए ।

कार्यक्रममा नेकपाका नेता देवीलाल लामिछाने लगायतले सुझाव दिएका थिए । सार्वजनिक सुनुवाइको सहजिकरण पत्रकार नेत्र गैरेले गरेका थिए ।