शेयर सदस्यहरुलाई सहकारी शिक्षा दिइयो

माथागढी समाचार

पाल्पा, भदौ १० ।
माथागढी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड चिदीपानीले आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षा दिएको छ ।
सहकारीले सदस्यहरुलाई कृषि, पशुपालन व्यवसायमा सहकारीको भूमिका र सकारात्मक सोंच सम्बन्धित शिक्षा दिएको हो ।

सहकारी मार्फत कृषि व्यवसायीमा लाग्ने कृषकहरुका लागि सहकारीले सहयोग गर्दै आईरहेकाले त्यस विषयमा जानकारी हासिल गर्न सहकारी शिक्षाले महत्वपूर्ण टेवा मिल्ने सहकारीले विश्वास लिएको छ । प्रशिक्षक घनराज अधिकारीले सहकारीमा आवद्ध एक सय जना शेयर सदस्यहरुलाई सहकारीका विषयमा जानकारी गराएका थिए ।

शिक्षाले सहकारीका सदस्यहरुमा सकारात्मक भाव पैदा गर्ने जसले निम्न आए भएका सदस्यहरुमा आर्थिकस्तर उकास्नमा उत्प्रेरणा प्रदान गर्ने संस्थाका अध्यक्ष राजकुमार पन्थीले जानकारी दिए ।