कृषि लाग्न तिज गितको साहारा लिदंै रामपुरे दिदि बहिनि – फोटो फिचर

पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,भदौ ८ ।
कला न्यौपाने ।
कृषि तीज गीतका भाकामार्फत व्यावसायिक कृषिमा लाग्न पाल्पा रामपुरका महिलाहरुले सन्देश दिएका छन । रामपुर स्थित विजयपुर कृषि सहकारी संस्थाले व्यावसायिक कृषिमा जोड दिदै आयोजना गरेको कृषिमा आधारित पाँचौ खुल्ला तीज गीत प्रतियोगितात्मक कार्यक्रम मार्फत महिलाहरुले गीतबाटै व्यावसायिक रुपमा कृषि गर्न आग्रह गरेका हुन ।

रामपुर नगरपालिकालाई कृषिमा अगाडी बढाउन, नयाँ नयाँ आधुनिक प्रबिधितर्फ कृषकलाई आकर्षित गर्न बिगत पाँच वर्ष अघि देखी सहकारीले खुल्ला तीजका भाकामा कृषि तीज गीत प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

कृषिलाई पनि व्यासायिकरण गर्दै आत्मनिर्भर बन्न महिलाहरु तीजका बेला गीतमार्फत अभिव्यक्ति दिदै आएका छन् । बेमौसमी तरकारी उत्पादन गरेर आयस्रोत बढाउन महिलाहरुले गीतमार्फत सबैलाई सुझाव दिएका छन ।

पाल्पा रामपुरका महिलाहरुले कृषि भाकामार्फत गाएको यो गीतले धेरैलाई व्यावसायिक कृषिमा झकझक्याएको छ । गाउँमै कृषि व्यवसाय गरेर राम्रो कमाई गर्न सकिन्छ । यसरी समाजमा सकारात्मक सन्देश दिने खालका शब्दलाई समेटेर गाइएको कृषि तीजका गीतले धेरैको मन कृषिमा आकर्षित बनाएको छ ।

प्रतियोगितामा प्रथम आत्मनिर्भर महिला कृषक समुह ‘क’, द्धित्तिय जनजागृती महिला कृषक समुह र विष्णु भट्टराईको समुह, तृत्तिय दियालो महिला उद्यमी कृषि सहकारी, सान्त्वना आत्मनिर्भर महिला कृषक समुह ‘ख’ भएका छन ।