रामपुर चेनडाँडाको एनसेल टावरमा फेरी आगजनी

रामपुर राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा,भाद्र ८ ।
विपी घिमिरे ÷

पाल्पाको रामपुर नगरपालिका–१, को चेनडाँडामा रहेको एनसेल टावरमा पुन आज्ञजनि भएको छ ।


फाइल फोटो

शनिबार राति अज्ञात समूहले जुटको बोरा, मट्टितेल, मोबिल प्रयोग गरी एनसेलको टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आगजनीबाट टावरको बिटिएस क्याविनेटका तारहरु पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी कृष्ण सापकोटाmे बताउनुभयो । आगजनी कसले किन गराएको हो त्यस विषयमा अनुसन्धान भईरहेको छ ।
यसअघि पनि अज्ञात समूहले उक्त स्थानमा रहेको एनसेलको टावरमा आगजनी गरेको थियो ।