पाल्पामा ज्यूदै महिलालाई घाटमा पु्यों ,दाहा संस्कारको तयारी अन्तिम चरणमा पुग्दा विरामी ब्यूझेपछि फेरी अस्पताल भर्ना

पाल्पा विविध पूर्वखोला रैनादेवी समाचार

पाल्पा, साउन ७
सुनिल कार्की ।
पाल्पामा अस्पताल बाट अन्तेष्टीका लागी घाटमा लगिएकी एक महिलाको फेरी उपचार शुरु भएको छ । रैनादेबी गाँउपालिका १ सिद्धेश्वरकी ३६ वर्षिया नर्मता ज्ञवालीको अहिले तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको हो ।


ज्ञवालीको तानसेनकै युनाईटेड मिशन अस्पतालमा १० दिन सम्म उपचार भएको थियो । आफन्तकै आग्रहमा अस्पतालले सोमबार दिउसो अक्सिजन लगाएर बिरामीलाई डिस्चार्ज दिएको र उनीहरुले बिरामीलाई सिधै रिडि घाट पुर्याएको वडा अध्यक्ष सोम बहादुर दर्लामीले जानकारी दिनुभयो ।
दर्लामीका अनुसार अक्सिजन निकालेको आधा घण्टापछि बिरामीको मृत्यु भएको हल्ला भएपछि आफन्तह?ले पानीमा आधा शरिर डुवाएर चिताको तयारीमा थिए । केही समयपछि बिरामी चल्ल, कराउन थालेपछि तत्कालै रिडि गुल्मीको प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो । स्वास्थ्य कर्मीले धड्कन र नाडी चलेकाले थप उपचारका लागी अस्पताल लान भनेपछि सोमबार बेलुकी ज्ञवालीको लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना गरी उपचार गरिको हो ।
झाडापखालाकी बिरामी ज्ञवालीलाई मुटुको समस्या देखिएको र डाललासिन गर्नुपर्छ भनेपछि पैसाको अभाब छ भन्दै आफन्तले बिरामीलाई डिस्चार्ज गर्न दवाब दिएको मिशन अस्पताल तानसेनले जनाएको छ ।
अस्पतालकै एम्बुलेन्समा अक्सिजन लगाएर बिरामीलाई घर पठाएको अस्पतालको प्रतिक्रिया छ । मिसन अस्पतालका अनुसार उनकी श्रीमान् सुर्यचन्द्र, छिमेकी भानुभतm भट्राई, ओम पौडेल, थानेश्वर कडेल र सुर्यचन्द्र कडेलले अस्पताल बाट बिरामी बुझेका हुन् । युनाईटेड मिशन अस्पतालमा १० दिन सम्म उपचार गर्दा ७३ हजार ६ सय ७८ रुपिया खर्च भएको र खर्च मध्ये ५६ हजार ९ सय ६३ रुपिया स्वास्थ्य बिमा बाट काटिएको अस्पतालले जनाएको छ ।