साउन २ गते विहिबार बुटवल पाल्पा सडक विहान ११ देखि ३ बजे सम्म बन्द हुने सक्दो शेयर गरौं

तानसेन तिनाउ पाल्पा विविध

पाल्पा,साउन १ ।
सुनिल कार्की
सिद्धार्थ राजमार्ग अन्र्तरगत बुटवल पाल्पा सडक खण्ड विहिबार पनि बन्द हुने भएको छ ।

सो सडक खण्डको दोभान प्रहरी चौकि देखि हेडबक्स क्षेत्रमा खसेको ढुङगा र पहिरो हटाउन सडक बन्द गर्न लागिएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । वर्षायाम सुरु भएसँगै बुटवल पाल्पा सडक खण्डको सिद्धाबाबा क्षेत्रमा खसेको ढुङगा सहितको पहिरोले दुर्घटनाको जोखिम बढएकोले सडक बन्द गरेर पहिरो हटाउने काम गर्न लागिएको डिभिजन सडक कार्यालयका पाल्पाका प्रमुख ईन्जिनियर केदारप्रसाद नेपालले बताउनुभयो ।

सडक बन्द गर्दा यात्रु तथा सवारिसाधनप्रति पर्न गएको असुविधा प्रति डिभिजन सडक कार्यालयले क्षमा मागेको छ ।