बुटवल पाल्पा सडक खुल्यो

तिनाउ राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा,असार ३० ।
सुनिल कार्की ÷
सिद्धार्थ राजमार्ग अन्र्तरगत बुटवल पाल्पा सडकखण्ड खुलेको छ ।

सडक खण्डको तिनाउँ गाउँपालिका ३ हेडबक्स क्षेत्रमा खसेको ढुङगा पहिरो हटाउन लागि बन्द गरिएको सडक दिउँसो २ बजेबाट सुचारु भएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । बुटवल पाल्पा सडकखण्डको ठाउँ ठाउँमा खसेको पहिरोले दुर्घटनाको जोखिम बढाएकोले उत्त सडक छेउछाउको पहिरो हटाईएको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख ईन्जिनियर केदार प्रसाद नेपालले जानकारी दिनुभयो । जेसीबी र स्काभेटरको मद्यतमा ढुङगा पन्छाईएको प्रमुख ईन्जिनियर नेपालले बताउनुभयो ।

सो सडक भएर यात्रा गर्दा होसियारीता अपनाएर यात्रा गर्न आग्रह गरिएको छ ।