बुटवल -पाल्पा सडकखण्ड सोमबार बन्द हुने,सक्दो शेयर गरौं

तानसेन तिनाउ पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,असार २९ ।
सुनिल कार्की ।
सिदार्थ राजमार्ग अन्र्तरगत बुटवल –पाल्पा सडकखण्ड सोमबार विहान १० बजेबाट दिउँसो ३ बजेसम्म बन्द हुने भएको छ ।

डिभिजन सडक कार्यालय पाल्पाले सोमबार विहान १० बजे देखि दिउँसो ३ बजेसम्म दुबै तर्फका सवारीसाधन रोकी सडक छेउछाउको पहिरो र ढुङगा हटाउन लागेको डिभिजन सडक कार्यालय पाल्पाले जानकारी दिएको छ । तिनाउँ गाउँपालिका ३ दोभानप्रहरी चौकि देखि सिद्धबाबा हेडबक्स क्षेत्रको सडक छेउछाउका ढुङगा र पहिरोले दुर्घटनाको जोखिम बढाएको भन्दै सवारी आवतजावत रोकेरै भएपनि पहिरो हटाउन लागिएको सडक डिभिजन कार्यालयका प्रमुख प्रमुख ईन्जिनियर केदारप्रसाद नेपालले जानकारी दिनुभयो । यसबाट सावारी आवतजावतमा पर्न गएको असुविधा प्रति डिभिजन सडक कार्यालय क्षेमाप्रर्थी रहेको प्रमुख ईन्जिनियर नेपालले बताउनुभयो ।


यात्राको क्रममा होसियारीता अपनाएर मात्र यात्रा गर्न डिभिजन सडक कार्यालय पाल्पाले सबै यात्रु र सावरीचालकलाई आग्रह गरेको छ । वर्षायाम सुरुभएसँगै बुटवल– पाल्पा सडक खण्डको दोभान हेडबक्स क्षेत्र अत्याधीक जोखिमको क्षेत्र मानिनन्छ । यस क्षेत्रमा बर्षेपिच्छे दर्जन बढीले पहिरोकै कारण ज्यान गुमाउन परेको छ भने सयौंले अङग भङगको क्षति ब्योहोर्नु परेको छ ।